सलोमी गुरुङलाई नेपाल आइडल बनाउन पोखरामा अभियान
पाेखरा | जेठ ७, २०८१
पोखरा: गायिका सलोमी गुरुङलाई नेपाल आइडलको पाँचौ संस्करणमा विजेता बनाउन पोखरामा अभियान थालिएको छ ।
नेपाल आइडलको पाँचौ संस्करणको उत्कृष्ट आठसम्म आइपुगेकी गायिका गुरुङलाई विजेता बनाउन पोखरामा सलोमी गुरुङ जिताउ अभियान सुरु गरिएको हो ।
पोखरा महानगरपालिका–१३ बिपी मार्गकी सलोमीलाई जिताउन सलोमी गुरुङ जिताउ अभियानले पोखरामा आज ९सोमबार० पत्रकार सम्मेलन गर्दै भोटको अपिलसमेत गरेको छ ।
नेपाल आइडलको पाँचौ संस्करणको उत्कृष्ट आठमा अहिलेसम्म गायनकलाले अगाडि बढेपनि अब भोटिङले सघाउनुपर्ने अभियानकी प्रतिनिधि बालकाशी गुरुङले बताईन् ।
‘यो ठाउँसम्म आउनका लागि उसकै बलबुताले, कलाले र मेहनतले हो’ प्रतिनिधि गुरुङले भनिन्, ‘अबको पालो भोटिङको रहेकोे छ । भोटिङले मात्रै जिताउन सक्षम हुनेछौं ।’
सानैदेखि गायनमा रुची राख्ने उनलाई परिवारको सहयोग नमिल्दा पाउनुपर्ने संगाीतिक उचाइ हात नपारेकोसमेत उल्लेख गरिन् ।
गण्डकी प्रदेशले रियालिटी सोेमा सहभागी थ्रुपै प्रतिभालाई जिताएकाले अब पालो सलोमीको रहेकोे उनको भनाइ थियो ।
सलोमी जिताउन गुरुङ समुदायसँग सम्बन्धित संघसंस्थाले सहयोग उठाइरहेका छन् । सलोमी जिताउ अभियानले आयोजना गरेकोे पत्रकार सम्मेलनमा पोखरेली लक्ष्य ब्याण्डले नेपाली गीत प्रस्तुत गर्दैै भोटको अपिलसमेत गरेको थियो ।
नेपाल आइडलको उत्कृष्ट आठमा पोखराबाट सलोमी गुरुङ र मानव परियार छन् ।
नेपाल आइडलको उत्कृष्ट आठमा पुगेकी सलोमी गुरुङलाई भोटिङ गर्न प्रभु पे, इ–सेवा र मोमो एप डाउनलोड गरेर र ३७००० मा १२ टाइप गरी एसएमएस पठाएर भोटिङ गर्न सकिन्छ ।
सुरेश पौडेल निर्देशक रहेको शोमा न्यहू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज छन् । एपिवान टेलिभिजनमा हरेक शुक्रबार र शनिबार ८ः३० बजेदेखि प्रसारण हुने शोलाई रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गर्दै आएका छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

